daily rashifal 2020 september 5 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल भदौ २० गते शनिबार Aajako rashifal 2020 September 5

आजको राशिफल बि.सं. २०७७ साल भदौ २० गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ २० गते शनिबार ई. सं. २०२० सेप्टेम्बर ५, नेपाल सम्बत ११४० ञंलाथ्व तृतीया प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण तृतीया, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, गण्ड योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः४५ बजे, सूर्यास्त साँझ ६ ः २० बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २० मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।