daily Rashifal 2021 febuary 3 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल माघ २१ गते बुधबार Aajako Rashifal 2021 febuary 3

आजको राशिफल बि.सं. २०७७ साल माघ २१ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल माघ २१ गते बुधबार ई. सं. २०२१ फेब्रुअरी ३ नेपाल सम्बत ११४१ पोहेलागा षष्ठी , प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण षष्ठी, चन्द्रमा कन्या राशिमा १०ः४ सम्म त्यसपछि तुला राशिमा , चित्रा नक्षत्र ९ः२४ सम्म त्यसपछि स्वाती नक्षत्र, शूल योग १ः१५ सम्म त्यसपछि गण्ड योग, वणिज करण २ः३१ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५० बजे, सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५० मिनेट देखि ९ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।