daily rashifal 2021 january 12 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल पुष २८ गते मंगलबार Aajako Rashifal 2021 January 12

आजको राशिफल बि.सं. २०७७ साल पुष २८ गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष २८ गते मंगलबार ई. सं. २०२१ जनवरी १२ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण चतुर्दशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र ७ः.५४ सम्म त्यसपछि उत्तरषाढा नक्षत्र, व्यागात योग ३ः ०० सम्म त्यसपछि हर्षण योग, शकुनी करण १२ः४१ सम्म त्यसपछि नाग करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५४ मिनेट देखि १ बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।