daily rashifal 2021 january 13 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल पुष २९ गते बुधबार Aajako Rashifal Nepali 2021 January 13

आजको राशिफल बि.सं. २०७७ साल पुष २९ गते बुधबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल पुष २९ गते बुधबार ई. सं. २०२१ जनवरी १३ नेपाल सम्बत ११४१ थिंलाथ्व आमै, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण औंशी, चन्द्रमा धनु राशिमा १२ः१९ सम्म त्यसपछि मकर राशिमा, उत्तरषाढा नक्षत्र ५ः.४२ सम्म त्यसपछि श्रवण नक्षत्र, हर्षण योग १२ः२६ सम्म त्यसपछि वज्र योग, नाग करण १०ः४७ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः३० बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५६ मिनेट देखि ९ बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ |