ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल माघ १० गते शनिबार ई. सं. २०२१ जनवरी २३ नेपाल सम्बत ११४१ पोहेलाथ्व दशमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष शुक्ल दशमी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र ९ः४४ सम्म त्यसपछि रोहिण्ी नक्षत्र, शुक्ल योग १०ः१३ सम्म त्यसपछि ब्रह्मा योग, तैतल करण ७ः५७ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ५ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १५ मिनेट देखि ९ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।