आजको राशिफल बि.सं. २०७७ साल माघ ११ गते आईतबार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल माघ ११ गते आईतबार ई. सं. २०२१ जनवरी २४ नेपाल सम्बत ११४१ पोहेलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष शुक्ल एकादशी, चन्द्रमा वृष राशिमा, रोहिण्ी नक्षत्र १२ः१४ सम्म त्यसपछि मृगशिरा नक्षत्र, ब्रह्मा योग १०ः३९ सम्म त्यसपछि एन्द्र योग, वणिज करण १०ः१२ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ५ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज पुत्रदा एकादशी व्रत परेको छ । आज कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३५ मिनेट देखि १२ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।