daily rashifal 2021 january 28 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल माघ १५ गते बिहिबार Aajako Rashifal 2021 January 28

आजको राशिफल बि.सं. २०७७ साल माघ १५ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल माघ १५ गते बिहिबार ई. सं. २०२१ जनवरी २८ नेपाल सम्बत ११४१ पोहेलाथ्व पून्हि, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष शुक्ल पूर्णिमा, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र ४ः७ सम्म त्यसपछि अश्लेषा नक्षत्र, प्रीति योग ७ः३८ सम्म त्यसपछि आयुष्मान योग, विष्टि करण १ः२१ सम्म त्यसपछि बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ५ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज श्री स्वस्थानी व्रत कथा प्रारम्भ तथा नेपाल नर्सिङ्ग दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५२ मिनेट देखि ८ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।