ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०७७ साल पुष १९ गते आईतबार ई. सं. २०२१ जनवरी ३ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र ४ः.१० सम्म त्यसपछि पूर्व फाल्गुनी नक्षत्र, प्रीति योग १०ः२० सम्म त्यसपछि आयुष्मान योग, बालव करण ८ः३८ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ५ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि पर्व तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३२ मिनेट देखि १२ बजेर ८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।