daily rashifal 2021 january 31 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७७ साल माघ १८ गते आईतबार Aajako Rashifal 2021 January 31

आजको राशिफल बि.सं. २०७७ साल माघ १८ गते आईतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल माघ १८ गते आईतबार ई. सं. २०२१ जनवरी ३१ नेपाल सम्बत ११४१ पोहेलागा तृतीया , प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण तृतीया, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र १ः३३ सम्म त्यसपछि उत्तरफाल्गुनी नक्षत्र, शोभान योग १२ः४५ सम्म त्यसपछि अतिगंड योग, वणिज करण ९ः३६ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५१ बजे, सूर्यास्त साँझ ५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विश्व कुष्टरोग दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३५ मिनेट देखि १२ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।