ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र २५ गते शुक्रबार ई.सं.२०२२ अप्रिल ८ नेपाल सम्बत ११४२ चौलाथ्व सप्तमी चैत्र शुक्ल सप्तमी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल सप्तमी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शोभन योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः४७ बजे, सूर्यास्त साँझ ६ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २१ मिनेट देखि ०८ बजेर ५६ ञमिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।