Daily Rashifal 2022 July 07 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल असार २३ गते बिहिवार Daily Rashifal 2022 July 07

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार २३ गते बिहिवार ई.सं.२०२२ जुलाइ ०७ नेपाल सम्बत ११४२ दिल्लाथ्व अष्टमी, असार शुक्ल अष्टम तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल अष्टम तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, परिधि योग, विष्टि/भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१४ बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर १४ मिनेट देखि ०६ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।