Daily Rashifal 2022 June 26 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल असार १२ गते आइतवार Daily Rashifal 2022 June 26

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल असार १२ गते आइतवार ई.सं.२०२२ जुन २६ नेपाल सम्बत ११४२ तछलागा त्रयोदशी, असार कृष्ण त्रयोदशी तिथीं, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार कृष्ण त्रयोदशी तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, धृति योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः०९ बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०८ बजेर ३८ मिनेट देखि १० बजेर २२ मिनेट सम्म छ । आज प्रदोष व्रत/अन्र्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्कारी विरुद्ध दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।