Daily Rashifal 2022 June 3 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल जेठ २० गते शुक्रवार Daily Rashifal 2022 June 3

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ २० गते शुक्रवार ई.सं.२०२२ जुन ३ नेपाल सम्बत ११४२ तछलाथ्य चतुर्थी जेष्ठ शुक्ल चतुर्थी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल चतुर्थी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वस नक्षत्र, वृद्धि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः०८ बजे, सूर्यास्त साँझ ६ः५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०६ बजेर ५१ मिनेट देखि ०८ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।