ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ २६ गते बिहिवार ई.सं.२०२२ जुन ९ नेपाल सम्बत ११४२ तछलाथ्य नवमी (विहान ८ ः ३६ सम्म) जेष्ठ शुक्ल दशमी ( विहान ८ः३६ पछि समय ) तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल दशमी नवमी तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, व्यतिपात योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः०७ बजे, सूर्यास्त साँझ ६ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०५ बजेर ०७ मिनेट देखि ०६ बजेर ५१ मिनेट सम्म छ । आज गङ्गादशहरा व्रत / गोसाइकुण्ड स्नान समाप्ति परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।