Daily Rashifal 2022 May 05 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल वैशाख २२ गते विहिवार Daily Rashifal 2022 May 05

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख २२ गते विहिवार ई.सं.२०२२ मे ०५ नेपाल सम्बत ११४२ बछलाथ्व चतुर्थी वैशाख कृष्ण चतुर्थी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण चतुर्थी तिथी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, सुकर्मा योग, विष्टि / भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः२१ बजे, सूर्यास्त साँझ ६ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २१ मिनेट देखि ७ बजेर ०१ मिनेट सम्म छ । आज आद्यगुरु शंकराचार्य जयन्ती / रामानुजाचार्य जयन्ती परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।