Daily Rashifal 2022 May 28 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल जेठ १४ गते शनिवार Daily Rashifal 2022 May 28

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ १४ गते शनिवार ई.सं.२०२२ मे २८ नेपाल सम्बत ११४२ बछलागा त्रयोदशी जेष्ठ कृष्ण त्रयोदशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण त्रयोदशी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शोभन योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः०९ बजे, सूर्यास्त साँझ ६ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५२ मिनेट देखि ८ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।