Daily Rashifal 2022 November 27 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ मंसिर ११ गते आइतबार Daily Rashifal 2022 November 27

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ मंसिर ११ गते आइतबार ई.सं.२०२२ नोवेम्बर २७ नेपाल सम्बत ११४२ थिंलाथ्व चतुर्थी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,मार्ग शुक्ल चतुर्थी ,तिथि चन्द्रमा धनु राशिमा पुर्वषाढा नक्षत्र, भदा्र योग, गण्ड करण । नेपालमा सूर्र्याेदय बिहान ६ः३३ बजे, सूर्यास्त साँझ ५ः७ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ९ बजेर १२ मिनेट देखि १० बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ