Daily Rashifal 2022 November 30 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ मंसिर १४ बुधबार Daily Rashifal 2022 November 30

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ मंसिर १४ बुधबार ई.सं.२०२२ नोवेम्बर ३० नेपाल सम्बत ११४२ थिंलाथ्व सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,मार्ग शुक्ल सप्तमी ,तिथि चन्द्रमा कुम्भ राशिमा धनिष्ठ नक्षत्र, व्याघात योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः३५ बजे, सूर्यास्त साँझ ५ः८ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ३५ मिनेट देखि ७ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ