Daily rashifal 2023 January 4 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ पुष २० गते बुधबार Daily rashifal 2023 January 4

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ पुष २० गते बुधबार ई.सं.२०२३ जनवरी ४ नेपाल सम्बत ११४३ पोहेलाथ्व त्रयोदशी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष शुक्ल त्रयोदशी, चन्द्रमा वृष राशिमा रोहिणी नक्षत्र, शुभ योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज प्रदोष व्रत रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।