ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ पुष २४ गते आइतबार ई.सं.२०२३ जनवरी ८ नेपाल सम्बत ११४३ पोहेलागा पारु, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु, माघ कृष्ण द्वितीया, चन्द्रमा कर्कट राशिमा पुष्य नक्षत्र, वैधुति योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५६ बजे, सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ३३ मिनेट देखि १० बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपाल ज्योतिष परिषद स्थापना दिवस परेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।