ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र २९ गते शुक्रबार ई.सं २०२५ अप्रिल ११ नेपाल सम्बत ११४५ चिल्लाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल चतुर्दशी, चन्द्रमा कन्या राशिमा, उत्तरफल्गुनी नक्षत्र, ध्रुव योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ४३ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर २६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर १८ मिनेट देखि ८ बजेर ५८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस रहेको छ ।