Daily Rashifal 2025 April 10 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं २०८१ चैत्र २८ गते बिहिबार | Daily Rashifal 2025 April 10

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ चैत्र २८ गते बिहिबार ई.सं २०२५ अप्रिल १० नेपाल सम्बत ११४५ चिल्लाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, वृद्धि योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ४४ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर २५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ४४ मिनेट देखि ७ बजेर १९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज महावीर जयन्ती र प्रदोष व्रत रहेको छ ।