Daily Rashifal 2025 February 1 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं.२०८१ माघ १९ गते शनीबार | Daily Rashifal 2025 February 1

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ माघ १९ गते शनीबार ई.सं.२०२५ फेब्रवरी १ नेपाल सम्बत ११४५ सिल्लाथ्व तृतिया, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल तृतिया, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, परिधि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५० बजे, सूर्यास्त साँझ ०५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर १२ मिनेट देखि ९ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज तिलकुन्द चौथी रहेको छ ।