ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं २०८१ माघ २६ गते शनिबार ई.सं २०२५ फेब्रवरी ८ नेपाल सम्बत ११४५ सिल्लाथ्व एकादशी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघ शुक्ल एकादशी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, वैधृति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४६ बजे, सूर्यास्त साँझ ०५ः५० बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ९ मिनेट देखि ९ बजेर ३२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज भीमा एकादशी व्रत रहेको छ ।