ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल साउन १ गते शुक्रबार
ई.सं.२०२१ जुलाइ १६ नेपाल सम्बत ११४१ बछलागा षष्ठी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष सप्त्मी तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, परिधि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः१८ बजे, सूर्यास्त साँझ ७ ः१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १ मिनेट देखि ८ बजेर ४४ मिनेट सम्म छ । आज र्ककट सङ्क्रान्ति, लुतो फाल्ने दिन एवं सुर्य दक्षिणायन आरम्भ हुने दिन रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।