Daily Rashifal 2078 July 19 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल साउन ४ गते सोमबार Daily Rashifal 2078 July 19

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल साउन ४ गते सोमबार
आजको राशिफल बि.सं. २०७८ साल साउन ४ गते सोमबार ई.सं.२०२१ जुलाइ १९ नेपाल सम्बत ११४१ बछलागा दशमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष दशमी तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शुभ योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः२० बजे, सूर्यास्त साँझ ७ ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शराीर ऐनाम हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २० मिनेट देखि ७ बजेर २ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।