Daily Rashifal 2078 June 11 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल जेठ २८ गते शुक्रबार Daily Rashifal 2078 June 11

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल जेठ २८ गते शुक्रबार
आजको राशिफल बि.सं. २०७८ साल जेठ २८ गते शुक्रबारई.सं.२०२१ जुन ११ नेपाल सम्बत ११४१ बछलाथ्व पारु, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल प्रतिपदा तिथी , चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, शूल योग, किंस्तुघ्न करण । नेपालमा सूर्योदय बिहान ०५ः७ बजे, सूर्यास्त साँझ ६ ः ५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुँड खाएर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५१ मिनेट देखि ७ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज गोसाइकुण्ड स्नान आरम्भ दशहरा स्नान आरम्भ रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।