Daily Rashifal 2078 June 27 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल असार १० गते बिहिबार Daily Rashifal 2078 June 27

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल असार १० गते बिहिबार
आजको राशिफल बि.सं. २०७८ साल असार १० गते बिहिबार ई.सं.२०२१ जुन २७ नेपाल सम्बत ११४१ बछलागा पुन्हि, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष पूर्णिमा तिथी, चन्द्रमा बृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शुभ योग, भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः९ बजे, सूर्यास्त साँझ ७ ः३ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ९ मिनेट देखि ६ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।