» Daily Rashifal 2079 kartik 30

आजको राशिफल बि.सं. २०७९ कार्तिक ३० गते बुधबार Daily Rashifal 2079 kartik 30

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक ३० गते बुधबार ई.सं.२०२२ नोवेम्बर १६ नेपाल सम्बत ११४२ कछलाथ्व पुन्हि ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष चतुर्दशी तिथी, पुर्णिमा कर्कट राशिफल अक्ष्लेषा नक्षत्र, बा्रहा योग,बालव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः२५ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर २५ मिनेट देखि ७ बजेर ४५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ