ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८० पुष २४ गते मंगलबार ई.सं.२०२४ जनवरी ०९ नेपाल सम्बत ११४४ थिंलागा त्रयोदशी, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण त्रयोदशी, चन्द्रमा वृश्चिक राशिमा,ज्येष्ठा नक्षत्र,वृद्धि योग,गर करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ५१ मिनेट देखि १२ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नेपाल ज्योतिष परिषद स्थापना दिवस रहेको छ ।
