आजको राशिफल बि.सं. २०७८ साल फागन ६ गते शुक्रवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन ६ गते शुक्रवार ई.सं.२०२२ फेबु्रवरी १८ नेपाल सम्बत ११४१ सिल्लागा फाल्गुन कृष्ण द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन कृष्ण द्धितीया तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुणी नक्षत्र, सुर्कमा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः३८ बजे, सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ३ मिनेट देखि ९ बजेर २८ मिनेट सम्म छ । आज फाल्गुन कृष्ण द्धितिया, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
