आजको राशिफल बि.सं. २०७८ साल पुष २४ गते शनिवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल पुष २४ गते शनिवार ई.सं.२०२२ जनवरी ८ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल षष्ठी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल षष्ठी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १४ मिनेट देखि ९ बजेर ३३ मिनेट सम्म छ । आज पुष शुक्ल षष्ठी तिथी, नेपाल ज्योतिष परिषद स्थापना दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
