आजको राशिफल बि.सं. २०७८ साल माघ २ गते आइतवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल माघ २ गते आइतवार ई.सं.२०२२ जनवरी १६ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, पुष शुक्ल चतुर्दशी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, एन्द्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः५५ बजे, सूर्यास्त साँझ ५ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३४ मिनेट देखि १० बजेर ५४ मिनेट सम्म छ । आज पुष शुक्ल चतुर्दशी, राष्ट्रिय भुकम्प सुरक्षा दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।