jyotish hari prasad Bhandar.hhari Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ असोज २७ गते बिहीवार Daily Raashifal 2022 october 13

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ असोज २७ गते बिहीवार ई.सं.२०२२ अक्टेबर १३ नेपाल सम्बत ११४२ कौलागा चतुर्थी,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक कृष्ण पक्ष चतुर्थी तिथी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, सिद्धि योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः०२ बजे, सूर्यास्त साँझ ५ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०२ मिनेट देखि ०७ बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।