ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८० माघ २७ गते शनिबार ई.सं.२०२४ फ्रेवरी १० नेपाल सम्बत ११४४ सिल्लाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, वरियान योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४५ बजे, सूर्यास्त साँझ ०५ः५१ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०८ मिनेट देखि ०९ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सोनाम ल्होसार÷श्रीबल्लभ जयन्ती रहेको छ ।
