आजको राशिफल बि.सं. २०७८ साल असोज ३१ गते आइतवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल असोज ३१ गते आइतवार ई.सं.२०२१ अक्टोबर १७ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल द्धादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, वृद्धि योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः०४ बजे, सूर्यास्त साँझ ५ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५६ मिनेट देखि १० बजेर २२ मिनेट सम्म छ । आज असोज शुक्ल द्धादशी, अन्राष्ट्रि«य गरिबी निवारण दिवस, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
