आजको राशिफल बि.सं. २०७८ साल फागन ३ गते मंगलवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन ३ गते मंगलवार ई.सं.२०२२ फेबु्रवरी १५ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल चतुर्दशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सौभाग्य योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४१ बजे, सूर्यास्त साँझ ५ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५३ मिनेट देखि १२ बजेर १८ मिनेट सम्म छ । आज माघ शुक्ल चतुर्दशी, पशुपतिनाथको छाया दर्शन दिवस, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
