आजको राशिफल बि.सं. २०७८ साल माघ २० गते बिहीवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल माघ २० गते बिहीवार ई.सं.२०२२ फेबु्रवरी ३ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल द्धितीया तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, परिधि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः४९ बजे, सूर्यास्त साँझ ५ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४९ मिनेट देखि ८ बजेर ११ मिनेट सम्म छ । आज माघ शुक्ल द्धितीया, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
