आजको राशिफल बि.सं. २०७८ साल असोज ३० गते शनिवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल असोज ३० गते शनिवार ई.सं.२०२१ अक्टोबर १६ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल एकादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, गण्ड योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः०४ बजे, सूर्यास्त साँझ ५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३० मिनेट देखि ८ बजेर ५६ मिनेट सम्म छ । आज असोज शुक्ल पापांकुशा एकादशी व्रत, विश्व खाद्य दिवस, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो ।ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
