May 12 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २९ गते बुधवार Daily Rashifal 2078 May 12

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल बैशाख २९बुधवार
आजको राशिफल बि.सं.२०७८ साल बैशाख २९ गते बुधवार ई. सं. २०२१ मे १२ नेपाल सम्बत ११४१ पोहेलागा प्रतिपदा, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख शुक्ल प्रतिपदा, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र शोभन योग किंस्तुध्न करण । नेपालमा सूर्योदय बिहान ०५ः१६ बजे, सूर्यास्त साँझ ६ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १६ मिनेट देखि ६ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।