ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ जेठ २२ गते मंगलबार ई.सं.२०२४ जून ०४ नेपाल सम्बत ११४४ बछलागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण त्रयोदशी, चन्द्रमा मेष राशिमा भरणी नक्षत्र, शोभन योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०६ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर १८ मिनेट देखि १२ बजेर ०२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस रहेको छ ।