ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ वैशाख १३ गते बिहीबार ई.सं.२०२४ अप्रिल २५ नेपाल सम्बत ११४४ चौलागा पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण प्रतिपदा, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, व्यतिपात योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ बजे, सूर्यास्त साँझ ०६ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर २९ मिनेट देखि ०७ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व औँलो दिवस रहेको छ ।