ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० भदौ १५ गते शुक्रबार ई.सं.२०२३ सेप्टेम्बर ०१ नेपाल सम्बत ११४३ गुंलागा द्वितीया, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ कृष्ण द्वितीया, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, धृति योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५ः४२ बजे, सूर्यास्त साँझ ६ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १७ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज रोपाई जात्रा रहेको छ ।
