ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ असार ०२ गते आइतबार ई.सं.२०२४ जून १६ नेपाल सम्बत ११४४ तछलाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वरियान योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०७ः०१ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ३६ मिनेट देखिे १० बजेर २० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज परिवार रेमिटेयान्स दिवस रहेको छ ।