आजको राशिफल बि.सं. २०७८ साल माघ २४ गते सोमवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल माघ २४ गते सोमवार ई.सं.२०२२ फेबु्रवरी ७ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल षष्ठी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल षष्ठी तिथी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, शुभ योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४६ बजे, सूर्यास्त साँझ ५ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३२ मिनेट देखि १० बजेर ५५ मिनेट सम्म छ । आज माघ शुक्ल स्कन्द षष्ठी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
