ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८० चैत २० गते मंगलबार ई.सं.२०२४ अप्रिल ०२ नेपाल सम्बत ११४४ चिल्लागा अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण अष्टमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, परिधि योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५३ बजे, सूर्यास्त साँझ ०६ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ३३ मिनेट देखि १२ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व अटिजम जागरुकता दिवस÷भौमाष्टमी व्रत रहेको छ ।