Nepali vastu Expert Archives - Page 10 of 10 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २० सोमवार | Daily Rashifal Nepali 2021 May 3 |

आजको राशिफल बि.सं. २०७८ साल बैशाख २० सोमवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७८ साल बैशाख २० गते सोमवार ई. सं. २०२१ मे ३ नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण सप्तमी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र शुभ योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः२३ बजे, सूर्यास्त साँझ ६ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३२ मिनेट देखि ७ बजेर २ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

आजको राशिफल बि.सं. २०७८ साल बैशाख १९ आइतवार Daily Rashifal Nepali 2021 May 2 |

आजको राशिफल बि.सं. २०७८ साल बैशाख १९ आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं.२०७८ साल बैशाख १९ गते आइतवार ई. सं. २०२१ मे २ नेपाल सम्बत ११४१ पोहेलागा षष्ठी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण षष्ठी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र साध्य योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः२३ बजे, सूर्यास्त साँझ ६ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४२ मिनेट देखि १० बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

गौरा पर्व धार्मीक साथै गीतका माध्यमबाट सुख दुःख साटासाट गरिने पर्व | Gaura Parva Nepali 

गौरा पर्व धार्मीक साथै गीतका माध्यमबाट सुख दुःख साटासाट गरिने पर्व Gaura Parva Nepali 

हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाईने गौरा पर्व यो वर्ष भाद्र १० गते बुधबार परेको छ। भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म मनाईने गौरा पर्वमा माता पार्वतीलाई गौरी का नामले पुजा आराधना एवं व्रत गरिन्छ । देउडा गितका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्नुका साथै माया, प्रेम बाँड्ने गरिन्छ।

गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ(आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन्। गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।

बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ।