ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८० चैत १२ गते सोमबार ई.सं.२०२४ मार्च २५ नेपाल सम्बत ११४४ चिल्लाथ्व पुन्हि, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल पुर्णिमा, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, वृद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः०१ बजे, सूर्यास्त साँझ ०६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०१ मिनेट देखि ०७ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । फागु पुर्णिमा (तराई विदा) व्रत रहेको छ ।
