ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८० चैत २७ गते मंगलबार ई.सं.२०२४ अप्रिल ०९ नेपाल सम्बत ११४४ चौलाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण प्रतिपदा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, वैधृति योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५ः४५ बजे, सूर्यास्त साँझ ०६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा मिन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ३० मिनेट देखि १२ बजेर ०५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज तेल लगाउने र नीमको पात खाने दिन रहेको छ ।