ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८० चैत २५ गते आइतबार ई.सं.२०२४ अप्रिल ०७ नेपाल सम्बत ११४४ चिल्लागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, ब्रद्म योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः४७ बजे, सूर्यास्त साँझ ०६ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५६ मिनेट देखि १० बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व स्वास्थ्य दिवस रहेको छ ।